Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


सांसद् किनबेच हुने खतरा बढ्यो– मन्त्री ज्ञवाली


0
Shares

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिनिधि सभा पुनःस्थापना पछि संसदमा सांसदहरूको किनबेच हुन सक्ने खतरा बढेको बताउनुभएको छ ।

नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २१ औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री ज्ञवालीले दलहरूको नीतिविहीन गठबन्धन हुँदा प्रतिनिधिसभा सांसदहरूको खरिद बिक्री हुने थलो बन्ने खतरा बढेको बताउनुभयो ।

सरकारले पछिल्लो तीन वर्षमा हासिल गरेको उच्च आर्थिक वृद्धिका कारण देश अहिले अल्पविकसित मुलुकको सूचीबाट विकासोन्मुख मुलुकमा स्तरोन्नति हुन सिफारिस भएको मन्त्री ज्ञवालीको भनाइ छ । उहाँले गत वर्ष कोभिडको धक्काका कारण आर्थिक वृद्धि कमजोर भए पनि ऋणात्मक नहुनु सकारात्मक भएको बताउनुभयो ।

मन्त्री ज्ञवालीले तीन वर्ष सम्म उच्च आर्थिक वृद्धि हासिल हुँदा नेपाल डुइङ बिजनेस इन्डेक्समा एकैपटक १४ स्थान माथि उक्लिन सफल भएको बताउँदै सरकारले आर्थिक विकासमा सही काम गरिरहेको पुष्टि भएको जिकिर गर्नुभयो ।