
काठमाडौं, भदौ २८ । नेपाली कांग्रेसका बाँके जिल्ला सभापतिमाथि भएको आक्रमणको विरोधमा कांग्रेसले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
शनिबार माइतीघर मन्डलामा गरिएको प्रदर्शनमा घटनाका दोषीलाई तत्काल कारबाहीको माग गरिएको थियो ।
प्रदर्शनकारीहरुले ‘प्रधानमन्त्रीज्यू, यहाँको राज्यमा को सुरक्षित छ ?’ भन्ने व्यानर प्रदर्शन गरेका थिए ।
काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला सभापतिहरुको अगुवाइमा विरोध प्रदर्शन भएको हो ।
गएको बिहीबार बाँकेमा कांग्रेसको राष्ट्रिय जागरण अभियानकाक्रममा जिल्ला सभापति किरण कोइरालामाथि आक्रमण भएको थियो । उनको हात भाँचिएको छ । यस्तै, करिब एक दर्जन स्थानीय नेता–कार्यकर्ता घाइते भएका थिए ।
प्रतिक्रिया दिनुहोस्