
फाइल तस्वीर ।
काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा सातदोबाटो युथ क्लब र खुमलटार युथ क्लबबीच खेल हुनेछ ।
दुई टिमबीचको खेल दिउँसो सवा १२ बजे सुरु हुनेछ । लिगमा सातदोबाटो ६ खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
खुमलटार १६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । यस्तै अर्को खेलमा मध्यपुर युथ एसोसिएसनले टुसाल युथ क्लबसँग खेल्नेछ ।
मध्यपुर र टुसालबीचको खेल दिउँसो साढे तीन बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्ने योजनासहित मैदान उत्रने छन् ।
मध्यपुर १ अंक जोड्दै अंक तालिकाको पुछारमा रहेको छ । टुसाल ८ अंक जोडेर सातौं स्थानमा रहेको छ ।





प्रतिक्रिया दिनुहोस्