१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


कांग्रेस सभापतिहरुको ज्ञापन बुझदै गृहमन्त्रीले भने : दोषीलाई कारबाही हुन्छ


0
Shares

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले बाँकेमा नेपाली काँग्रेसको जागरणसभामा आक्रमण गर्नेहरुलाई कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

आज बिहान गृहमन्त्रालयमा काँग्रेसका जिल्ला सभापतिहरुको ध्यानाकर्षण पत्र बुझ्दै गृहमन्त्री थापाले राजनीतिक दलको कार्यक्रम सुरक्षित हुनुपर्नेमा आफू दृढ रहेको भन्दै घटनामा संलग्न केही पक्राउ परिसकेको र दोषीलाई कारबाही गर्ने प्रतिवद्धता जनाएको काठमाण्डौं कांग्रेसका सभापति सवुज बानियाँले जानकारी दिए ।

भेटमा कांग्रेस सभापतिहरुले भने घटनाको दोषीलाई कारबाही नगरे ७७ जिल्लामा नै राष्ट्रिय रुपमा आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

उनीहरुले स्थानीय तहका जनप्रतिनिधिहरु नै घटनामा संलग्न रहेको भन्दै सबैलाई कारवाही गर्न र जागरण अभियानमा कुनै हस्तक्षेप नगर्न गृहमन्त्रीलाई ध्यानाकर्षण गराएको सभापति बानियाँले जानकारी दिए ।

आजै काँग्रेसले घटनाको विरोधमा अपराह्न ३ बजे माइतीघर मण्डलामा प्रंर्दशन गर्दैछ । बिहिबार बाँकेको खजुरामा काँंग्रेसको जागरण अभियान नेकपा कार्यकर्ताहरुले आक्रमण गर्दा बाँके कांग्रेस सभापति किरण कोइरालाको हात भाँचिएको थियो ।

गृहमन्त्री थापालाई ज्ञापनपत्र बुझाउन काठमाडौं उपत्यकाका तीन जिल्ला सभापतिहरु गृहमन्त्रालय पुगेका थिए । यसैबीच सभापति शेरबहादुर देउवा घटनाबारे जानकारी लिन आजै नेपालगञ्ज जाँदै छन् ।