२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


काठमाडौंमा राष्ट्रिय चलचित्र सम्मेलन


0
Shares

काठमाडौं, भदौ २७ । तीनदिने राष्ट्रिय चलचित्र सम्मेलन बिहीबारदेखि काठमाडौंमा जारी छ ।

शनिबारसम्म चल्ने यस सम्मेलनमा चलचित्रसम्बद्ध व्यक्तिहरुले चलचित्र निर्माणदेखि ‘सेन्सर सीप’ र हल समस्यालगायतका विषयमा छलफल गरिनेछ ।

नेपाल चलचित्र विकास बोर्ड र ह्युम्यान राइट्स फिल्म सेन्टरले संयुक्तरुपमा आयोजना गरेको सम्मेलनका संयोजक अनुप सुवेदीले नेपाली चलचित्रको वर्तमान अवस्थाबारे गम्भीररुपमा बहस हुनुपर्ने बताए ।

शुक्रबार कार्यक्रममा सहभागी नेपाली कांग्रेसकी नेत्री डिला संग्रौलाले चलचित्र मनोरन्जनमात्रै नभइ समाजको ऐनासमेत भएकाले यस क्षेत्रका समस्या समाधानका लागि पहल गर्ने बताइन् ।