 
	    काठमाडौं । उपचारका लागि भारतको राजधानी दिल्लीमा रहनुभएका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोग नै हराएको जस्तो भएको टिप्पणी गर्नुभएको छ ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भएको ठहर गरेपछि ट्वीटरमा अस्पतालको शय्याबाटै भट्टराईले सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैँ भएको टिप्पणी गर्नुभयो ।
पूर्वप्रधानमन्त्री भट्टराईले ट्वीट गर्दै भन्नुभएको छ, ‘कस्तो सुखद संयोग ! अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खदै गर्दा मनचाहिँ देशभित्र सर्वोच्चको फैसलातिर थियो । हिन्दू मिथकको भष्मासुरलाई बिष्णुले मोहिनी रूप धारण गरेर वध गरे झैं भो !’
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई मंगलबार सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै उल्ट्याइदिएको छ । साथै १३ दिनभित्रमा प्रतिनिधिसभाको बैठक बोलाउन पनि आदेश दिएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्