१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


कांग्रेस एक भए दुनियाँका कुनै शक्तिले हराउन सक्दैन् : महामन्त्री कोइराला


0
Shares

हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री डा शंशाक कोइरालाले जुन दिन कांग्रेस एकढिका हुन्छ त्यो दिन दुनियाँका कुनै पनि शक्तिले हराउन नसक्ने दावी गरेका छन् । 

प्रजातान्त्रिक विचार समाजले मकवानपुरको हेटौंडामा गरेको कार्यक्रम बोल्दै डा.कोइरालाले यतिबेला प्रजातन्त्रिक शक्तिहरु एक हुनुपर्ने बताए ।

कम्युनिस्टको सरकार र सत्ता कस्तो भन्ने जनताले देखिसके, अब जनताको आकांक्षा पुरा गर्न कांग्रेस एक हुनुपर्‍यो’, उनले भने ।

कार्यक्रममा बोल्दै उनले पार्टीमा नेतृत्वको परिवर्तन गर्नु पनि जरूरी भएको बताए । नेतृत्व परिवर्तन भयो भने पार्टी अझ चलायमान हुन्छ, उनले भने ।

कार्यक्रममा अर्थवीद डाक्टर नारायण नरसिंह खत्रीले मुलुकको भावी अर्थनीति र प्रजातान्त्रिक समाजवादका बारेमा प्रवचन दिएका थिए ।