
काठमाडौं । नेपाली कांग्रेसले दोस्रो चरणको जागरण अभियान आजबाट सुरु गर्दैछ ।
तीन सय ३० वटै प्रदेश सभा क्षेत्रमा एकैसाथ शुरु हुने जागरण अभियानमा सामाजिक संवाद गर्ने गरी अभियान चलाइने कांग्रेसले जनाएको छ ।
अभियानमा नेताहरूलाई ‘बोल्ने कम सुन्ने बढी’ गर्न पार्टीले निर्देशन दिएको बताइएको छ ।
अभियानको अन्तिम दिन असोज ७ गते केन्द्रीय तहबाट एउटा मात्र जिल्ला स्तरीय विरोधसभा राखिएको छ ।
त्यसबाहेक जागरण अभियानको चरणमा पार्टीका नेता एवं प्रतिनिधिले बोल्नेभन्दा सुन्ने विषयलाई विशेष प्राथमिकतामा राखिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
बिपी कोइरालाको १०६ औँ जन्मजयन्तीको अवसर पारेर अभियान सुरु हुँदै छ ।
३४ हजार नौ सय ८० वटा बिरुवा रोपेर अभियान उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रमका लागि पार्टीले सबै प्रदेश सभा क्षेत्रमा केन्द्रीय प्रतिनिधि पठाएको छ ।
प्रतिक्रिया दिनुहोस्