Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


झुलाघाटमा मोटरेवल पुल निर्माणका लागि दबाब दिन अनिश्चितकालिन अनसन


0
Shares

बैतडी, भदौ २२ । नेपाल–भारत सीमा नाका बैतडीको झुलाघाटमा मोटरेवल पुल निर्माणका लागि दबाब दिन बैतडीमा अनिश्चितकालिन अनसन सुरु गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय अगाडी सुरु भएको अनसन उद्योग बाणिज्य संघ बैतडीका अध्यक्ष नरबहादुर चन्दको संयोजकत्वमा भएको हो ।

उद्योग बाणिज्य संघका अध्यक्ष चन्दको संयोजकत्वमा झुलाघाट पक्की पुल निर्माण संघर्ष समिति गठन गरि रिले अनसन सुरु गरिएको हो । झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि बैतडीबासीले दुई दशकदेखि शान्तिपूर्ण रुपमा दबाब दिंदै आएका भए पनि अहिलेसम्म पक्की पुल निर्माण हुने कुनै छाँटकाँट नदेखिएकाले रिले अनसन बस्नुपरेको संघर्ष समितिका संयोजक चन्दले बताए ।

२०५९ सालमा १० हजार बैतडीबासीको हस्ताक्षर संकलन गरेर तत्कालिन सरकार र भारतीय राजदुताबासलाई ज्ञापनपत्र बुझाएको भए पनि अहिलेसम्म कुनै सुनुवाई नभएको बताइएको छ ।

अनसनमा उद्योग बाणिज्य संघसँगै निर्माण ब्यवसायी संघ, यातायात ब्यवसायी संघ, पत्रकार महासंघ तथा होटेल ब्यवसायी संघले समेत ऐक्यवद्धता जनाएका छन् ।

ऐक्यवद्धता जनाएका सबैको प्रतिनिधित्व हुने गरी २० जना रिले अनसनमा बसेका छन् ।