Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


सेतो कपडामा रगतले पोतिएको पहिरनमा नेविसंघको बिरोध


0
Shares

काठमाडौं । बैतडीकी १७ बर्षिय किशोरी भागरथी भट्टको हत्यामा संलग्नहरूको खोजी गरी कडा भन्दा कडा सजायको माग राख्दै नेविसंघले प्रदर्शन गरेको छ ।

नेविसंघले आइतबार बिहान भागरथीलाइ न्याय र दोषीलाई कडा कारबाहीको माग गर्दै बागबजारस्थित पद्याकन्या क्याम्पस अगाडि प्रदर्शन गरिएको हो ।

नेविसंघका सभापति राजीव ढुंगाना लगायतका नेविसंघ नेताहरुको अगुवाइमा भएको प्रदर्शनमा सहभागी महिलाले सेतो कपडामा रगतले पोतिएको पहिरनमा बिरोध प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा फेरियो व्यवस्था, फेरिएन छोरीहरूको अवस्था , लगाएत नारा र प्लेकार्ड बोकेर भागरथी घटनाको सत्यतथ्य छानबिन गर्न माग राखि सरकार विरुद्ध नारावाजी समेत गरेका थिए ।

कार्यक्रममा नेविसंघका नेतृ उर्मिला थपलिया, एलिजा ढकाललागयतको सहभागीता रहेको थियो । सहभागीले हामी कहिले देखि बलात्कारको बिरोध गर्न सडकमा निस्किनु पर्दैनरु कहिले देखिरु यी तमाम प्रश्न बोकेर समाधान खोज्दै, महिलाको सुरक्षीत भएर बाच्न पाउने अधिकारको सुनिश्चितता कहिले हुन्छ भन्दै प्रश्न गरेका थिए ।

Skip This