Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


अस्पताल निर्माणका लागि आर्थिक अभाव हुदैन : अर्थमन्त्री पौडेल


0
Shares

काठमाडौं, माघ २७ । अर्थ मन्त्री विष्णु पौडेलले भक्तपुरको दुवाकोटमा बन्न लागेको बीर अस्पतालको विस्तारीत अस्पताल बनाउन आर्थिक अभाव नहुने बताउनु भएको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्वर १ दुवाकोटमा विस्तार गर्न लागिएकोे निर्माण क्षेत्रको मंगलबार अवलोकन गर्दै मन्त्री पौडेलले आर्थिक स्रोतको कमी हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।

आगामी छ महिनाभित्रमा विजुली पानी तथा अत्यावश्यक सेवा उपलब्ध गराइने उहाँले बताउनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले अस्पतालको काम समयमै सम्पन्न हुने भन्दै स्थानीयको सहयोग पनि महत्वपूर्ण हुने बताउनुभयो ।

चाँगुनारायण नगरपालिका वडा नम्वर १ मा विस्तार हुन लागेको वीर अस्पतालको लागि सरकारले न्याम्सको नाममा ५ सय ७० रोपनी जग्गा दिएको छ ।

मनोहरा खोला किनारमा अवस्थित उक्त स्थानमा वीर अस्पतालका विभिन्न भवन तथा शैक्षिक संस्थाहरु तथा ल्यावहरु बन्ने छन् ।

जसका लागि सरकारले चिनियाँ कम्पनी सँग सम्झौता गरि सकेको भए पनि चिनिया कम्पनीले भने ढल पानी विद्युत बाटो लगाएत कुनै पनि भौतिक पूर्वाधार विना आफूहरु काम गर्न नसक्ने भनी पन्छेपछि एक वर्ष देखि काम यतिकै थाँती रहेको थियो ।

स्थलगत अवलोकनमा अर्थ मन्त्री, स्वास्थ्य मन्त्री , स्वास्थ्य राज्य मन्त्री, खानेपानी, अर्थ, स्वास्थ्य सचिब, न्याम्सका उपकुलपती ,चाँगुनारायण नगरपालिकाका प्रमुख तथा स्थानीय निकाय पदाधिकारीहरु पुगेका थिए ।