Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


अनलाइनबाट चिठ्ठा परेको भन्दै ठगी गर्ने एकजना पक्राउ


0
Shares

झापा, माघ २६ । जिल्ला प्रहरी कार्यालय झापाले ठगी आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ ।

अनलाइनबाट चिठ्ठा परेको सामग्री तथा पैसा भन्सारबाट छुटाउन कर लाग्छ भन्दै बिभिन्न बैकहरुको खाता नम्बर दिएर लाखौं ठगी गर्ने गरेको आरोपमा अर्जुनधारा नगरपालिका–९ स्थायी ठेगाना भएका २९ वर्षीय पंकज पौडेली विकलाई प्रहरीले पक्राउ गरेको हो ।

बिर्तामोड नगरपालिका – २ चारपानेबाट उनी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।