Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


‘रअ’ले नेपालबाट राजसंस्था हटाउन भूमिका खेलेको दाबीको छानबिन गर्न माग


0
Shares

चितवन, भदौ १९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले भारतीय गुप्तचर संस्था ‘रअ’ले नेपालबाट राजसंस्था हटाउन भूमिका खेलेको र त्यसमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रयोग भएको दाबीको छानबिन हुनुपर्ने माग गरेका छन् ।

बिहीबार भरतपुर विमानस्थलमा सन्चारकर्मीहरुसित कुरा गर्दै थापाले सर्वदलीय उच्चस्तरीय समिति बनाएर छानबिन गर्नुपर्ने बताए ।

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता लाद्नका लागि बाह्य शक्तिको हस्तक्षेप भएको घटनाको गम्भीर ढंगले छानबिन हुनुपर्ने उनको भनाइ थियो ।