१३ श्रावण २०८२, मंगलबार | Wed Jul 30 2025


ललितपुरमा पार्किङबाट अवैधरुपमा रकम असुली, आँखा चिम्लन बाध्य : वडाध्यक्ष (भिडियो)


0
Shares

दीपक श्रेष्ठ, राममान डंगोल र लक्ष्मण डंगोल (इमेज)

काठमाडौं, भदौ १९ । सरकारले पार्किङवापतको शुल्क उठाउन रोक लगाएको छ । तर, ललितपुर महानरपालिकाका विभिन्न वडामा भने यो नियम उल्लंघन गरेको पाइएको छ ।

ललितपुर महानगरपालिकाका विभिन्न वडाहरुले पार्किङवापतको शुल्क उठाउन नपाइने नियमको ठाडो उल्लंघन गरेका छन् ।

महानगरभित्रका सम्पदा क्षेत्रभित्र नै पार्किङ गराउँदै रकम असुल्ने गरिएको छ ।

बाटो विस्तार गरी फराकिलो पारिएका सडकहरुमै अहिले सःशुल्क पार्किङ राखेर रकम असुल्ने गरिएको हो ।

ललितपुर महानगरपालिका वडा नम्बर–१२ का वडाध्यक्ष नारायणलाल अवाले पार्किङको नाममा पैसा असुल्नु नियमविपरीत भएको स्वीकार गर्दै शुल्क उठाएको देख्दा–देख्दै पनि आँखा चिम्लन बाध्य भएको बताउँछन् ।

पार्किङको नाममा शुल्क उठाउँदै गरेको भेटिएका एक व्यक्तिले भने महानगरपालिकाको स्वीकृतिमा नै पार्किङ शुल्क उठाएको दाबी गरे ।

ललितपुर महानगरपालिका पुगेका एकजना सेवाग्राहीले गैरकानुनीरुपमा पार्किङको शुल्क उठाएकामा आक्रोश पोखे ।

नियमविपरीत पार्किङवापतको रकम उठाउँदै आइरहेकाहरुबाट साँझ भने कुनै अर्कै व्यक्तिले पैसा बुझ्ने गर्छन् ।

तर, तिनीहरुलाई आफूहरुले नचिनेको र उनीहरुको को हुन् भन्नेसम्म थाहा नभएको जिकिर गर्छन् ।

सरकारले पार्किङवापतको शुल्क लिने व्यवस्था हटाएपनि विभिन्न स्थानमा भने त्यो कार्यान्वयन हुन सकेको छैन ।

भिडियो हेर्नुहोस्