Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


कांग्रेस नेता खड्काद्वारा गुम्बा पुनःनिर्माणका लागि आर्थिक सहयोग प्रदान


0
Shares

काठमाडौं । नेपाली कांग्रेस इलामका नेता तथा समाजसेवी डम्बर खडकाले माइजोगमाई–६ नयाँबजारमा रहेको साँङ्गेछेलिङ गुम्बा पुनमिार्णका ५० हजार आर्थिक सहयोग प्रदान गरेका छन् ।

केही बर्ष अघि गुम्बा निर्माणको शुरुवातमा समेत केही रकम सहयोग गरेका खडकाले मंगलबार चियाबारी एफएम इलामको  कार्यालयमा गुम्बाका अध्यक्ष एव लामा पेम्बा शेर्पालाई उक्त रकम हस्तान्तरण गरेका हुन ।

बि.स १९४० मा स्थापना भएको उक्त गुम्बा २०७२ सालको महाभुकम्पले क्षति पुर्‍याएका कारण हाल गुम्बा पुनःनिर्माण गर्न सहयोगको आवश्यक्ता परेका शेर्पाले बताए ।

हाल उक्त गुम्बामा बिभिन्न क्षेत्रका ३० जना बिद्यार्थीले बौद्ध धर्म साथै कक्षा ३ सम्मको पाठयक्रम अध्ययन गरिरहेको समेत अध्यक्ष पेम्बाले बताए ।

गुम्बामा हाल बौद्ध धर्मको माने समेत रहेको र भविष्यमा गुम्बाको संरक्षण तथा सम्बद्र्धन गर्न सके माइजोगमाईको पर्यटन बिकासमा सहयोग पुग्ने स्थानीयको भनाई छ ।