काठमाडौं । खानेतेल उत्पादनमा प्रयोग गरिने कच्चा पदार्थको भाउ घटे पनि बजारमा तेलको भाउ नघटेको उपभोक्ताले गुनासो गरेका छन् ।
कच्चा पदार्थ बढेको हल्ला हुने बित्तिकै भाउ बढाउने उद्योगीले घटाउने बेलामा भने स्टकका नाममा अल्मल्याउने गरेको उपभोक्ताको गुनासो छ ।
भारतबाट आउने कच्चा पदार्थको भाउ घट्न थालेको एक साताभन्दा बढी भइसके पनि तेलको भाउ भने घटाइएका छैन । दशँैयता तेलको भाउमा प्रतिलिटर ६० रुपैयाँसम्म बढिसकेको छ ।
तेल उत्पादन गर्ने कच्चा पदार्थको भाउ घट्दा पनि तेलको मूल्य किन घटेन भन्ने अनुगमनको जिम्मेवारी पाएका निकायले अनुगमन गरेका छैनन् ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग अनुगमनको जिममेवार निकाय हो । अस्वभाविक मूल्य बृद्धि हुँदा पनि विभागले बजार अनुगमनमा चासो देखाएको छैन् ।
बजारमा तेलको भाउ अस्वाभाविक रूपमा बढेको गुनासो आएपछि विभागले पुसको तेस्रो साता तेल उद्योगीसँग छलफल गरी तेलको मूल्य बढ्नुको कारणसहित तीन दिनभित्र आवश्यक कागजात पेस गर्न निर्देशन दिएको थियो ।








प्रतिक्रिया दिनुहोस्