११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


आज ऋषिपञ्चमी पर्व


0
Shares

काठमाडौं, भदौ १७ । आज ऋषिपञ्चमी पर्व । आजको दिन व्रतालु महिलाहरु बिहान नजिकैको नदी, तलाउ, धारा, पोखरी, आदि जलाशयमा गएर नुवाइ–धुवाइ गर्ने गर्दछन् ।

साथै, एक वर्षको प्रतीककारुपमा ३६५ ओटा दतिवनले दाँत माझी, माटो, तिल र अमलाको पिनाले स्नान गरी चोखो वस्त्र पहिरेर मध्याह्नपख अरुन्धतीसहित सप्तऋषिको पूजा गर्दछन् ।

अरुणन्धतीसहित सप्तऋषि कस्यप, अत्री, भारद्वाज, वशिष्ठ, जमदग्नी, गौतम र विश्वामित्रको पूजा–आराधना गरी तीज व्रत समापन गर्ने प्रचलन छ ।

काठमाडौंको टेकूस्थित ऋषेश्वर महादेवको मन्दिरमा पूजा–आराधना गर्नेको बिहानैदेखि ठूलो भीड लागेको छ ।

कतिपय महिलाले भने घरमै ब्राह्मण पुरोहित बोलाइ सप्तऋषिको पूजा गरिरहेका छन् ।

सप्तऋषिको पूजापछि दिनभर नाचगान र भजन–कीर्तन गर्ने चलन पनि छ ।