Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


१ लाख ४९ हजार मूल्यको मियामाको इलेक्ट्रिक स्कुटर : महिलाहरुका लागि विशेष


0
Shares

काठमाडौं । नेपाली बजारमा उपलब्ध विभिन्न इलेक्ट्रिक स्कुटर मध्ये मियामाका इलेक्ट्रिक स्कुटर समेत उत्तिकै लोकप्रिय छन् । ती मध्ये एसडी१ मोडलको इलेक्ट्रिक स्कुटर महिलाहरुका लागि रुचिकर बनेको छ ।

मियामाको सो इलेक्ट्रिक स्कुटरको मूल्य १ लाख ४९ हजार रुपैयाँ तोकिएको छ । यसमा ७२ भोल्ट तथा १५ सय वाटको ब्याट्री छ । यसलाई ४ देखि ६ घण्टा सम्म लगाएर फुल चार्ज गर्दा एक सय किलोमिटर सम्म गुडाउन सकिन्छ ।

स्कुटरको अघिल्लो भागमा डिस्क र पछिल्लो भागमा ड्रम ब्रेक छ । त्यसैगरी हाइड्रोलिक तथा एयर सस्पेन्सन सिस्टम छ । डिजिटल स्पिडोमिटर रहेको सो स्कुटरको टप स्पिड ५० देखि ५५ किलोमिटर प्रतिघण्टा सम्म हुन्छ ।

नेपाली बजारमा मियामा मोटर्स प्रालिले यी स्कुटर बिक्री–वितरण गरिरहेको छ ।नेपाल अटो