
काठमाडौं, भदौ १६ । हरितालिका तीजका अवसरमा देशभरका शिवालयहरुमा दर्शनार्थीहरुको घुइँचो लागेको छ ।
नेपाली हिन्दु नारीहरुले उमामहेश्वरको पूजा–आराधना गरी तीज पर्व मनाउँछन् ।
भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ ।
काठमाडौंको पशुपतिनाथ मन्दिरमा सोमबार बिहानैदेखि श्रद्धालु महिलाको विशेष चहलपहल छ ।
प्रतिक्रिया दिनुहोस्