११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


खोलाले बगाएर बेपत्ता


0
Shares

ओखलढुंगा, भदौ १६ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–४ का ३७ वर्षीय सानोकाजी ठटाल खोलाले बगाएर बेपत्ता भएका छन् ।

आईतबार अपरान्ह साँढे ५ बजेको समयमा गाई पुर्‍याउन चिसंखुगढी गाउँपालिका–८ तर्फ हिँडेका ठटाल बाटोमा रहेको खोला तर्ने क्रममा खोलाले बगाउँदा बेपत्ता भएका हुन् ।

खोलाले बगाएको गाई घटनास्थलभन्दा करिव १०० मिटर तल सकुशल फेला परेको थियो भने बेपत्ता भएका ठटालको बिमानस्थल सुरक्षा गार्ड रुम्जाटारबाट खटिएको प्रहरी टोली र स्थानीयवासीहरु समेतको सहयोगमा खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।