Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


सिंहदरबार अगाडि बनेको अग्लो घर सरकारले अधिग्रहण गर्ने


0
Shares

काठमाडौं, भदौ १२ । सिंहदरबार अगाडि बनेको अग्लो घर सरकारले अधिग्रहण गर्ने भएको छ । मुलुकको मुख्य प्रशासनिक केन्द्रको सुरक्षामा असर पर्ने देखिएपछि गृह मन्त्रालयले उक्त निर्णय गरेको हो ।

महत्वपूर्ण र सुरक्षाका दृष्टिले समवेदनशील सरकारी निकाय वरिपरि बनेका अग्ला भवनले शान्ति सुरक्षामा पार्ने असर अध्ययनका लागि गठित समितिले दिएको सुझाव अनुसार गृह मन्त्रालयले उक्त भवन अधिग्रहण गर्ने निर्णय गरेको मन्त्रालय स्रोतले जनाएको छ ।

इमिरो प्लाजाको नाममा काठमाडौँ महानगरपालिकाबाट सुरुमा साढे सात तल्लाको इजाजत लिएर निर्माण सुरु गरिएको उक्त भवन हाल बेसमेन्टसहित ११ तला रहेको छ ।