Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


भोजपुरमा पहिरो, एक जनाको मृत्यु


0
Shares

भोजपुर, भदौ १५ । भोजपुरको साल्पासिलिछो गाउँपालिका–६ थुम्लुङमा आएको पहिरोमा परी एक जनाको मृत्यु छ । 

शनिबार साँझ अलैँची गोडेर घर फर्कने क्रममा बाटोमा झरेको पहिरोले किच्दा स्थानीयवासी ५९ वर्षीय मानबहादुर विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिरोले किच्दा उनको हात, खुट्टा र टाउकामा चोट लागेको र सो दुर्गम स्थलमा दोभानेबाट स्वास्थ्यकर्मी पुग्न नपाउँदै राति नै मृत्यु भएको उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले बताए ।

उनले भने, ‘शनिबार साँझ पहिरो परेर उहाँ घाइते हुनुभएको थियो, त्यो ठाउँ विकट रहेकाले दोभाने भन्ने स्थानबाट स्वास्थ्यकर्मी पठाउने तयारी गर्दागर्दै मृत्यु भएको भन्ने जानकारी आएको थियो ।’ 

सोही पहिरोमा परी भाग्ने क्रममा अर्जुन कार्की, धर्मराज विष्ट र प्रसाद राई सामान्य घाइते भएका थिए । मृतक विष्टको शवपरीक्षणका लागि सङ्खुवासभाको खाँदबारी लगिने प्रहरीले जनाएको छ । (रासस)