Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


पशुपतिनाथको शिवलिंगमा सुनको जलहरी


0
Shares

काठमाडौं । पशुपति क्षेत्र विकास काषले प्राचिन स्मारक संरक्षण ऐन र शैव दर्शनविपरीत हुने गरी पशुपतिनाथको शिवलिंगमा सुनको जलहरी राख्ने भएको छ ।

प्राचिन स्मारक संरक्षण ऐनले सम्पदा स्थलमा कुनै पनि नयाँ संरचना राख्न निषेध गरेको छ । यसअघि कोषले शिवलिंगमा सुनको जलहरी राख्न लाग्दा मन्दिरकै भण्डारी, स्थानीय बासिन्दा र सम्पदा संरक्षणकर्मीको विरोधले काम रोकिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि सुनको जलही राख्ने प्रक्रिया असघ बढेको हो । ‘शैव दर्शनअनुसार पशुपतिनाथलाई जलही लगाइदिन मिल्दैन’, पशुपतिनाथका पालोवाला भण्डारी विजयराज भण्डारीले भने, ‘हामी यस्तो कामको विरोध गर्छौं ।’

कोष सञ्चालक परिषद्को बुधबारको बैठकले सुनको जलहरी राख्ने काम अघि बढाउने निर्णय गरेको कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए । कान्तिपुर