
काठमाडौं, भदौ १४ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरपलिकालाई फोहरमुक्त बनाइने बताएका छन् ।
नयाँबजारको कुमारी युवा क्लबको २४औं वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा उनले सफा महानगर काठमाडौं महानगरपालिकाको लक्ष्य रहेको बताए ।
मेयर शाक्यले प्रत्येक वडालाई फोहरमुक्त बनाउनका लागि आवश्यक बजेट विनियोजन गरेको जानकारी गराए ।
एकदिने निःशुल्क स्वास्थ्य शिविरमा नाक, कान, घाँटीलगायत स्त्रीरोगको परीक्षण गरी औषधि वितरण गरिएको क्लबका अध्यक्ष जीवन मानन्धरले बताए ।
कार्यक्रममा सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्