Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


नवलपुरमा पुननिर्माण प्राधिकरणले आगामी बैशाखसम्म काम सम्पन्न गर्ने


0
Shares

नवलपुर, माघ १५ । राष्ट्रिय पुननिर्माण प्राधिकरण नवलपुरले निजि आवास तर्फको सम्पुर्ण कार्य आगामि बैशाख १२ गते सम्म सम्पन्न गर्ने जनाएको छ ।

बिहीबार नवलपुरमा राष्ट्रिय पुननिर्माण प्राधिकरणले आयोजना गरेको जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै इकाइ प्रमुख राजेन्द्र कार्कीले अहिलेसम्म गरेका पुननिर्माण कार्यलाई तिन चरणमा विभाज गरि आगामि बैशाख १२ गते सम्म सबै कार्य सक्ने लक्ष रहेको बताउनुभयो ।

माघ मसान्तसम्म पहिलो, फागुनमा दोस्रो गर्दे यसको कार्य सम्पन्न गर्ने गरि काम भइ रहेको बताउनुभयो ।

जिल्लामा प्रवलिकरण अन्तरर्गत ९० प्रतिशत काम सम्पन्न भएको बताउनुभयो ।

यस्तै भुकम्पबाट प्रभावित देशभरका ३२ जिल्ला मध्ये सबै भन्दा चाडै पुननिर्माणको कार्य सम्पन्न गर्ने पहिलो जिल्लाका रुपमा नवलपुरलाई घोषणा गर्ने तयारीका साथ काम अघि बढेको इकाइ प्रमुख कार्कीले बताउनुभयो ।