
काभ्रे, भदौ १३ । काठमाडौं विश्वविद्यालयमा देखिएको विवाद मिलाउन वार्ता समिति गठन भएको छ ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै विश्वविद्यालयले २० दिनदेखि तालाबन्दी रहेको विश्वविद्यालयको विवाद मिलाउन अधिकारसम्पन्न वार्ता समिति गठन गरेको जनाएको हो ।
प्राध्यापक र कर्मचारीका मागहरुप्रति विश्वविद्यालय प्रशासन सकारात्मक रहेको भन्दै छिट्टै वार्ताको माध्यमबाट जायज माग सम्बोधन गरिने बताइएको छ ।
स्कुल अफ म्यानेजमेन्टका डीन प्रा. डा. विजय केसीको संयोजकत्वमा गठन गरिएको समितिको बैठक यही भदौ १५ गते बस्नेछ ।
विश्वविद्यालयमा गरिएको अनिश्चितकालीन तालाबन्दीका कारण दैनिक प्रशासन प्रभावित हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्