Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


रसुवाको राम्चे–धुन्चे सडकको चट्टान हटाउन ‘ब्लास्टिङ’


0
Shares

रसुवा । विस्फोटक पदार्थ प्रयोग गरेर मात्र सडकको अवरोध हटाउनु पर्ने भएपछि जिल्ला प्रशासन कार्यालय रसुवाले नेपाली सेनाको सहयोगमा ब्लास्टिङको काम अघि बढाएको छ ।

पासाङल्हामु मार्गको राम्चे–धुन्चे सडक खण्डको ब्राबलमा सडक भासिएपछि माथिल्लो भागमा रहेको चट्टान हटाउन नेपाली सेनाको सहयोगमा ब्लास्टिङको काम अघि बढाएको हो ।

अविरल वर्षाले भासिएको सडक मर्मत गरेको केही घण्टामै फेरि भासिएपछि सवारी आवागमनमा कठिनाइ भएको थियो ।

आइतबार बिहानबाट सडक डिभिजन कार्यालय नुवाकोटले भासिएको सडक मर्मतको काम सुरु गरे पनि विस्फोटक पदार्थ प्रयोग बिना सडक सुचारु गर्न कठिन भएपछि अहिले नेपाली सेनाले ब्लास्टिङको काम गरिरहेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए ।

साना सवारी साधन चलाउन सकिने भए पनि चीनसँगको ब्यापारिक नाका तथा विभिन्न जलविद्युत आयोजनाका निमार्ण समाग्री ढुवानीका लागि यही बाटो प्रयोग गर्नु पर्ने हुँदा ठुला सवारी साधन चलाउन जोखिम भएकाले आजबाटै ठुला सवारी साधन चलाउन सकिने गरि नेपाली सेनाले काम गरिरहेको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।