
काठमाडौं, भदौ ११ । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट उपचार जारी रहेको जनाइएको छ ।
सिंगापुरमा उपचाररत् प्रधानमन्त्री ओलीको उपचारमा यो प्रक्रिया अर्को सातासम्ममा पूरा हुने उनको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीको उपचारमा संलग्न निजी चिकित्सक प्रा. डा. दिव्या सिंह शाह बुधबार स्वदेश फर्किएकी छन् ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था हाल सामान्य स्थितिमा रहेको उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्वीटमार्फत् जानकारी दिएका छन् ।
स्वास्थ्य उपचारका लागि यही भदौ ५ गते सिंगापुर गएका प्रधानमन्त्री ओलीको गएको शुक्रबारदेखि नेसनल युनिभर्सिटी हस्पिटलमा प्लाज्मा फेरेसिस प्रक्रिया सुरु गरिएको थियो ।
सम्माननीय प्रधानमन्त्रीज्यूको प्लाज़्मा फेरेसिस प्रकृयाबाट उपचार जारी छ।
उहॉको नीजि चिकित्सक प्रा. डा. दिव्यासिंह शाह आज स्वदेश फर्कनु भएको छ ।
उहॉको अनुसार यो उपचार प्रकृया अर्को साता सम्ममा पुरा हुनेछ।
सम्माननीय प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था हाल सामान्य स्थितिमा छ।
— Bishnu Rimal (@BishnuRimal) August 28, 2019
प्रतिक्रिया दिनुहोस्