
भक्तपुर, भदौ ११ । भक्तपुरका विभिन्न पाँच टोलमा रहेका दीपंकर बुद्धहरुलाई पूजा तथा दान दिएर बुधबार पञ्चदान पर्व मनाइएको छ ।
बुद्धहरुलाई विहारबाट निकालेर टोलटोलमा घुमाइ पूजा तथा दान दिने गरिन्छ ।
बौद्धधर्ममा यो पर्व बोधिसत्वहरुको पूजा गर्ने र बौद्धधर्ममा दीक्षित भएका संघ सदस्यहरुलाई दान प्रदान गर्ने पर्वसँग सम्बन्धित छ ।
यसदिन विशेष गरेर दीपंकर बुद्धलाई पूजा गर्ने र यहाँको परम्परागत विहारहरुमा भिक्षु भइसकेका शाक्य बज्राचार्यहरुलाई स–सम्मान स्वागत–सत्कार गरी दान आदान–प्रदान गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्