Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


धर्मनिरपेक्षता खारेज गर्न संघर्ष गर्नुपर्छ : कमल थापा


0
Shares

काठमाडौं, भदौ ११ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सनातन धर्म र संस्कृतिले समाजलाई सही दिशा दिने भएकाले यसको संरक्षणका निम्ति सबै पार्टी एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन् ।

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले बुधबार काठमाडौंमा आयोजना गरेको तीज शुभकामना आदानप्रदान कार्यक्रममा उनले धर्मनिरपेक्षता खारेज गर्न संघर्ष गर्नुपर्ने बताए ।

अध्यक्ष थापाले देशमा धर्म परिवर्तन गराउनेहरुको पकड बलियो हुँदै गएको तर्क गरे ।

हिन्दुधर्मसँग जोडिएका सकारात्मक पक्षहरुको प्रवर्द्धन गर्नु अहिलेको आवश्यकता भएको उनको भनाइ थियो ।

कार्यक्रममा ६० वर्ष उमेर नाघेका १२ जना महिलालाई सम्मान गरिएको थियो ।