काठमाडौं, भदौ ११ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले ‘कम्युनिस्ट स्टेट’ बनाउने खतरा बढ्दै गएको बताएका छन् ।
नेपाल प्रेस युनियनको संगठन व्यवस्थापनसम्बन्धी कार्यशालालाई बुधबार ललितपुरमा सम्बोधन गर्दै उनले वर्तमान सरकारले मुलुकलाई कम्युनिस्ट स्टेट बनाउने खतरा बढेको दाबी गरे ।
सरकारलाई प्रजातन्त्रविरोधी संज्ञा दिँदै उनले मानवअधिकार र वाक स्वतन्त्रताका लागि फेरि लड्ने दिन आएको पनि बताए ।
कांग्रेसले सरकारको विरुद्ध आन्दोलनको तयारी गरिरहेकाले सबैको साथ आवश्यक रहेको सभापति देउवाको भनाइ थियो ।
सरकार प्रेस स्वतन्त्रताको रक्षा गर्न असमर्थ भइसकेको पनि दाबी गर्दै उनले मिडिया काउन्सिल विधेयकलाई कुनैपनि हालतमा जस्ताको तस्तै पारित गर्न नदिने उद्घोष गरे ।
सरकारले भूमिसम्बन्धी ऐन संशोधन गरेर सरकारी जग्गा आफ्ना कार्यकर्तालाई बाँड्न खोजेको उनको जिकिर थियो ।
कांग्रेस नेता डा. मीनेन्द्र रिजालले मिडिया काउन्सिल विधेयकमार्फत् सरकारले प्रेस स्वतन्त्रतालाई खुम्च्याउन खोजेको बताए ।









प्रतिक्रिया दिनुहोस्