Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज


0
Shares

काठमाडौं, भदौ ११ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा भ्रातृ संस्थाहरुको बारेमा छलफल हुने बताइएको छ ।

महामन्त्री पूर्णबहादुर खड्काले २२ असारको बैठकमा पेश गरेको एजेण्डाअनुसार आज भ्रातृसंस्थाबारे छलफल हुन लागेको हो । कांग्रेसका १३ भ्रातृसंस्थामध्ये अधिकांशको समयावधि सकिएको छ । समय सकिएपछि ती सबै निष्कृय छन् ।

साउन २९ मा स्थगित बैठककै निरन्तरताका रूपमा आज बैठक बस्न लागेको हो । कांग्रेसको केन्द्रीय समितिको बैठक असार तेस्रो सातादेखि जारी छ ।

१४ औं महाधिवेशन र अन्तरिम संरचना गठनसहितका मुख्य एजेण्डामा छलफल सकेको कांग्रेसले आजको बैठकबाट दोस्रो चरणको राष्ट्रिय जागरण अभियान, एकतामा आएको विजयकुमार गच्छदार समूहलाई जिम्मेवारी बाँडफाँटलगायतका विषयमा पनि छलफल थाल्ने तयारी गरेको छ ।