
काठमाडौं । भारतले अनुदानमा दिएको कोरोना विरुद्धको खोप लगाउन ६२ करोड लाग्ने भएको छ । खोपको प्रयोग र व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६२ करोड रुपैयाँ अर्थ मन्त्रालयसँग मागेको छ । स्वास्थ्य मन्त्रालयको पत्रअनुसार शुक्रबार उक्त बजेट निकासा दिइने अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।
ढुवानी, भण्डारण, खोप लगाउने व्यक्तिहरुको तथ्याकं संकलन, लगाइदिने स्वास्थ्यकर्मीलाई तालिम र खोप वितरणका लागि उक्त बजेट आवशयक रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । १० लाख मात्रा खोपको प्रयोग तथा व्यवस्थापनमा पुरै ६२ करोड नलाग्न सक्ने भए पनि बजेट बाँकी रहे भविष्यमा आउने खोपको लागि खर्च गर्ने सर्तमा मागअनुसारकै निकासा दिन लागिएको छ ।
पहिलो पटक खोप लगाउने भएकाले के शीर्षकमा कति बजेट आवश्यक पर्ने भन्ने अनुममान गर्न नसकिएके भन्दै अर्थले माग भएअनुसार पुरै रकम दिन लागेको हो । बजेट निकासाका लागि बिहीबार अर्थमन्त्रालयले सबै प्रक्रिया पूरा गरिसकेको छ ।कान्तिपुर
प्रतिक्रिया दिनुहोस्