Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


‘प्रदेश र स्थानीय सरकार जिम्मेवारीबाट पन्छिन खोजे’


0
Shares

नवलपरासी, भदौ १० । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रदेश र स्थानीय सरकार आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको आरोप लगाएका छन् ।

मंगलबार पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा आयोजित एक कार्यक्रममा उनले प्रदेश र स्थानीय सरकारलाई स्रोत परिचालनको अधिकार दिएपनि केन्द्रकै मुख ताक्ने प्रवृत्ति नहटेको टिप्पणी गरे ।

अध्यक्ष तिमिल्सिनाले आफूले पाएको अधिकार उपयोग नगरी केन्द्रलाई दोष दिनु संघीयताको मर्मविपरीत भएको बताए ।

राजनीतिक झन्डा ओढेर भ्रष्टाचार गर्ने दिन गएकाले भ्रष्टाचारी जोकोही भएपनि उन्मुक्ति नपाउने जिकिर उनले गरे ।

अध्यक्ष तिमिल्सिनाले संविधान बनेपछि जनताले सबै अधिकार पाएपनि विभेदबाट भने मुक्त हुन नसकेको उल्लेख गरे ।