Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


रुपन्देहीमा धारिलो हतियार प्रहार गरि एक महिलाको हत्या


0
Shares

बुटवल, माघ ८ । रुपन्देहीको मायादेबी गाँउपालिका वडा नं. ७ स्थित दानवखोला नजिकै एक युवकलाई जलाएर मारेको घटना सेलाउन नपाउँदै गैडहवा गाँउपालिका वडा नं. १ ननउली निवासी ५० बर्षीया कलावती धोबीलाई धारिलो हतियार प्रहार गरि हत्या गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार ननउली गाँउ उत्तर एक किलोमीटर सिमानामा अयोध्या कहाँरको तोरी बारीमा घोप्टो परेकी अवस्थामा निज महिलाको टाउको पछाडी करीब चार ईन्च घाउ तथा भूईमा रगत खेसेको घटना स्थलको प्रकृतिले धारिलो हतियार प्रहारबाट हत्या भएको हो ।

मृतक धोबीको शव भीम अस्पताल भैरहवा पोष्ट मार्टम गराई प्रहरी द्रारा आवश्यक अनुसान्धान भईरहेको रुपन्देही प्रहरी प्रमुख प्रवीण पोखरेलले जानकारी दिनुभयो ।

चार सन्तानकी आमा समेत रहेकी मृतक धोबी घरबाट बुधवार साढे पाँच बजे घरबाट निस्के पछि राति अबेर सम्म नफर्किदा गाँउलेहरु तथा परिवार द्रारा खोजतालाशको क्रममा उनको शव देखेर प्रहरीलाई खबर गरिएको एसपी पोखरेलले भनाई छ ।