Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


भट्टराईप्रति करिश्माको कटाक्ष – यहि हो राजनीतिक संस्कार ?


0
Shares

काठमाडौं । केही समय सँगै सहकार्य गरेकी नायिका करिश्मा मानन्धरले डा. बाबुराम भट्टराईप्रति कटाक्ष गर्नुभएको छ । जनता समाजवादी पार्टीको जनसभामा सहभागी हुन आह्वान गरेको भट्टराईको फेसबुक स्टाटस सेयर गर्दै उहाँले भट्टराईले कटाक्ष गर्नुभएको हो ।

नायिका मानन्धरले पढेलेखेको मानिस भएर अर्को पार्टीको विरोधमा मात्रै सीमित भएको देख्दा दुःख लाग्ने बताउनुभयो । उहाँले अर्काको विरोध गर्नुमात्र राजनीतिक संस्कार हो भन्दै भट्टराईलाई प्रश्न गर्नुभएको छ ।

‘तपाईं जस्तो पढेलेखेको, राजनीति गर्ने मानिसको उर्जा अर्को पार्टीको विरोधमा मात्रै सीमित भएको देखेर दुःख लाग्छ डा. साब !’ उहाँ लेख्नुहुन्छ, ‘यहि हो नेपालीले पाएको गणतन्त्र !, यहि हो राजनीतिक संस्कार ?, देशको विकास कहिले हुने ?’

डा. भट्टराई नेकपा माओवादीबाट फुटेपछि नयाँ शक्ति पार्टी निर्माण गर्ने क्रममा करिश्मा ४ वर्ष उक्त पार्टीमा रहेर काम गरिन् ।