
काठमाडौ । वीरगन्ज नाका प्रयोग गरी नेपालका लागि हुने आयातमा ११ प्रतिशतले कमी आएको छ भने नेपाली वस्तुको निर्यातमा ६ प्रतिशतले वृद्धि भएको छ ।
चालु आर्थिक बर्षको साउन देखि पुस सम्ममा दुई खर्ब तीन अर्बभन्दा बढी मूल्यको विभिन्न माल वस्तु आयात भएको छ । गत आर्थिक बर्षको सोहि अवधिमा दुई खर्ब ३८ अर्ब ८५ करोडभन्दा बढी मूल्यको विभिन्न माल वस्तु आयात भएको भएको थियो ।
गत बर्षको तुलनामा यो बर्ष वीरगञ्ज नाकाबाट हुने आयातमा २८ अर्ब ४७ करोडको कमि भएको हो । गत आर्थिक बर्षको पहिलो छ महिनामा वीरगञ्ज नाका प्रयोग गरी रु १८ अर्ब ४१ करोड ५१ लाख मूल्य बराबरको विभिन्न वस्तु निकासी भएको थियो ।
चालु आर्थिक वर्षको सोही अवधिमा निर्यात बढेर १९ अर्ब ५३ करोड ९० लाख पुगेको छ । सोही अवधिमा एक अर्ब १२ करोडभन्दा बढी मूल्यको नेपाली वस्तु निर्यात भएको हो । वीरगञ्ज नाका प्रयोग गरी सवारी साधन, इन्धन तथा औद्योगिक कच्चा पदार्थको आयातमा कमी आएकोे वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्