काठमाडौं । नेकपाका नेता भीम रावलले कैलालीको टीकापुरमा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले दिएको अभिव्यक्तिको आलोचना गरेका छन् ।
नेता रावलले आज बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत समाजवादी पार्टी, नेपालका अध्यक्षसमेत रहेका डा भट्टराईले टीकापुरमा २ दिनअघि दिएको अभिव्यक्तिको आलोचना गरेका हुन् ।
भदौ ७ गते टीकापुरमा आयोजित ‘थरूहट–थारूवान राष्ट्रिय सम्मेलन’ मा अध्यक्ष भट्टराईले राष्ट्रिय जनता पार्टी, नेपालका नेता रेशम चौधरीमाथि लागेको मुद्दालाई राजनीतिक रुपमा समाधान गर्नुपर्ने बताएका थिए ।
थारू र खस दुवैले आपसमा नभएर काठमाडौंका शासकसँग लड्नुपर्ने सुझाव डा भट्टराईको थियो ।
नेता रावलले भट्टराईको अभिव्यक्ति युट्युबमार्फत् सुनेको उल्लेख गर्दै मन्तव्यलाई उत्तेजनापूर्ण, सामाजिक सद्भाव बिथोल्ने, विभाजनकारी, साम्प्रदायिक, सिद्धान्तहीन र गैरजिम्मेवार भएको टिप्पणी गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्