काठमाडौं । नेकपाको सचिवाय बैठक पार्टी मुख्यालय धुम्बाराहीमा जारी छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको काम अघि बढाउन सहमति दिएपछि अर्का अध्यक्ष पुष्पकमल दाहालले पहिलो पटक नेकपाको बैठक बोलाएका हुन् ।
पार्टी अध्यक्ष भएको १५ महिनापछि प्रचण्डले औपचारिक रुपमा नेकपाको बैठक बोलाएका हुन् ।
अध्यक्ष दाहालले ओलीको अनुपस्थितिमा पनि पार्टी एकताका बाँकी काम अघि बढाउन बैठक बोलाउनुभएको बताइएको छ ।
यसअघि दुवै अध्यक्षको उपस्थितिमा मात्र सचिवालय बैठक बोलाइने गरेको थियो । दुवै पार्टी एकता हुने बेलामा आलोपालो अध्यक्षता गर्ने सहमति भएको थियो ।
बैठकमा महानगरका अध्यक्ष र सचिवहरुको चयनबारे छलफल गर्ने एजेण्डा रहेको बताइएको छ । अध्यक्ष दाहालले ओलीसँग चिढिएका नेताहरुसँग पनि भेटघाट बढाएका छन् ।
अघिल्लो सचिवालय बैठकमा नेता माधवकुमार नेपालसँग भनाभन भएको समाचार बाहिरीएको भोलिपल्ट अध्यक्ष दाहालले नेता नेपालसँग छुट्टै छलफल गरेका थिए ।
यसैबीच अध्यक्ष दाहालले हिजो राष्ट्रपति विद्या भण्डारीलाई भेटेका छन् । प्रधानमन्त्री एवम् अर्का अध्यक्ष ओली उपचारका क्रममा सिंगापुरमा छन् ।









प्रतिक्रिया दिनुहोस्