Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


मूल्यमा सुधार नभएपछि धनकुटाका अलैँची कृषक निराश


0
Shares

धनकुटा, माघ ५ । मूल्यमा सुधार नभएपछि धनकुटाका अलैँची कृषक तथा व्यापारी निराश भएका छन् ।

कोरोनापछि भारतीय नाका सहज हुने र अलैँचीको मूल्यमा सुधार आउने आशा गरेका धनकुटाका अलैँची व्यापारी तथा कृषक अलैँचीको मूल्यमा सुधार नभए पछि निराश बनेका हुन् ।

एक हप्ता अघिसम्म प्रतिमन २६ हजार रुपैयाँ सम्ममा कारोबार हुँदै आएको अलैँचीको मूल्य अझै बढ्ने आशा गरेकामा अहिले प्रतिमन २३–२४ हजार रुपैयाँमा कारोबार हुन थालेको अलैँची व्यावसायी संघ धनकुटाका अध्यक्ष इन्द्र तितुङ्गले जानकारी दिनुभयो ।

मसलाजन्य वालीअन्र्तगत पर्ने अलैँची धनकुटाको करिब २ सय ४० हेक्टर क्षेत्रफलमा खेती हुने गरेको छ भने करिब ४ हजार ६ सय कृषक यस खेतीमा संलगन रहेको संघले जनाएको छ ।