
काठमाडौं, माघ १ । पछिल्लो २४ घण्टामा थप ४०३ जना कोरोना संक्रमित थपिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४०३ जना कोरोना संक्रमित थपिएका छन् ।
योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ५४६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४०५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।
योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ६० हजार १७७ पुगेको छ ।
देशभरी सक्रिय संक्रमितको संख्या ४ हजार ४ सय २६ छ ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९४३ जना रहेको छ ।
पछिल्लो २४ घण्टामा ५ हजार ३२ जनाको पीसीआर परीक्षण भएको छ ।
प्रतिक्रिया दिनुहोस्