Logo १७ माघ २०८२, शनिबार | Sat Jan 31 2026


आन्दोलन गर्ने राजनीतिक दललाई निर्वाचनको तयारीमा लाग्न सञ्चारमन्त्रीकाे आग्रह


0
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राजनीतिक दलहरुलाई आगामी वैशाखमा हुने निर्वाचनको तयारीमा लाग्न आग्रह गर्नुभएको छ ।

मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री गुरुङले संसद पुर्नस्थापनाको माग गर्दै सडक आन्दोलन गर्ने राजनीतिक दलहरुलाई आगामी वैशाखमा घोषणा भएको निर्वाचनको तयारीमा लाग्न अनुरोध गर्नुभयो ।

मन्त्री गुरुङले प्रतिनिधि सभा विघटन पछि सरकारले गरेका कामको वैधानिकतामाथि प्रश्न उठ्ने गरेको भन्दै सरकारले गरेको काम संवैधानिक भएको बताउनुभयो । सरकारले गरेको काम नेपालको कानून बमोजिम मान्यता प्राप्त हुने उहाँको भनाइ छ ।

मन्त्री गुरुङले सडकमा नेपालको संविधान र राष्ट्रपति संस्थामाथि अभद्र, अशिष्ट र अराजनीतिक नारा लागेको भन्दै त्यसले नेपालको प्रणालीप्रति नै आँच आउने तर्फ सजग हुनुपर्ने बताउनुभयो ।