२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


किसानहरुलाई वन्यजन्तुबाट हैरानी, बालीनाली सखाप


0
Shares

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाका किसानहरु वन्यजन्तुबाट हैरानी व्यहोर्न बाध्य छन् ।

कृषकहरुले आफ्ना बारीमा लगाएका खाद्यान्न बाली वन्यजन्तुले नोक्सानी पुर्‍याउन थालेपछि उनीहरु मारमा परेका हुन् ।

जिल्लाको मुख्य बालीका रुपमा स्थापित मकै वन्यजन्तु वाँदर, दुम्सी, वँदेल, हरिण र मृगबाट जोगाउन किसानलाई निकै कठिन भएको उनीहरुको गुनासो छ ।

किसानहरुले लगाएको बाली रातको समयमा बारीमा आउने जनावरले नोक्सानी पुर्‍याएको उनीहरु बताउँछन् ।

वर्षभरी खाने र गाई भैसीलाई समेत खुवाउने मकै बाली वन्यजन्तुले सखापै हुने गरि नष्ट गरिदिएपछि कृषकहरु दिनप्रति चिन्तित वन्दै गएका हुन् ।

वन जंगलमा वन्य जन्तुको आहारामा समस्या भएपछि जनावरहरु गाउँ पस्न थालेको उनीहरु बताउँछन् ।

वन्यजन्तुबाट वाली जोगाउने विषयमा स्थानीय प्रदेश सरकारले समयमै नीति बनाउनतर्फ पहल गर्न किसानहरुले सुझाएका छन् । उनीहरुले क्षतिपूर्तिको माग समेत गरेका छन् ।