२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


हरिसिद्धिमा देवीको तान्त्रिक नृत्य


0
Shares

काठकाडौं, पुस १५ । ललितपुरको दक्षिणी भेगमा पर्ने जलदेय्को ऐतिहासिक हरिसिद्धि देवीको तान्त्रिक नृत्य सम्पन्न भएको छ ।

योमरी पुन्हीको अवसरमा बलिपूजा गरेपछि हरिसिद्धि देवीको मन्दिर अगाडी नृत्य देखाइएको थियो ।

प्रत्येक वर्ष योमरी पुर्णिमा र फागु पुर्णिमामा हरिसिद्धि देवीको नृत्य देखाउने परम्परा रहेको छ ।

विभिन्न चरणमा नृत्य देखाएपछि अन्तिममा वालीलाई मार्न रामले त्रिशक्तिस्वरुप देवी हरिसिद्धिको तान्त्रिक साधना गरेपछि सफलता मिलेको नृत्य देखाउने गरिन्छ ।

प्रत्येक १२ वर्षमा गोदावरी तान्त्रिक साधना गरी पशुपतिको शिवलिंगमासमेत तान्त्रिक पूजा गरी उपत्यकाका विभिन्न स्थानमा नाच प्रस्तुत गर्ने गरिन्छ ।