
रुकुमपूर्व, साउन ३१ । मौसम प्रतिकूलताका कारण राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना चढेको हेलिकोप्टर रुकुमपूर्वमा अवतरण गरिएको छ ।
बागलुङको ढोरपाटन आएका उनी पोखरा जानेक्रममा मौसममा आएको प्रतिकूलताका कारण हेलिकोप्टर अवतरण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मौसममा आएको प्रतिकूलताका कारण हेलिकोप्टर भूमे गाउँपालिका–६, महतको आधारभूत विद्यालय रिसालचौरको प्रांगणमा अवतरण गरिएको प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्