
काठमाडौं, साउन ३१ । गाईजात्रा पर्वका अवसरमा देशभरका तेस्रोलिंगीहरुको समूहले शुक्रबार काठमाडौंमा गाईजात्रे र्याली निकालेको छ ।
आ–आफ्नो सांस्कृतिक पहिरनमा सजिएर र्यालीमा सहभागी तेस्रोलिंगीहरुले आफूहरु पनि समाजको स्थापित व्यक्ति भएको भन्दै सांस्कृतिक पर्वमा सहभागी भएको बताए ।
नीलहिरा सोसाइटीका अध्यक्ष पिंकी गुरुङले आफूहरु पनि समाजकै पात्र भएका कारण पर्वमा सहभागी भएको र समाजले नराम्रो दृष्टिले नहेरोस् भन्ने चाहना रहेको बताइन् ।
र्यालीमा सहभागी नेपालका लागि अस्ट्रेलिएन राजदूत पिटर वड र अमेरिकी राजदूत र्यान्डी बेरीले नेपालका तेस्रोलिंगीहरुले आयोजना गरेको कार्यक्रममा आफू सहभागी हुन पाएकोमा गर्व महसुस भएको बताए ।
र्याली अवलोकन गर्न विदेशीसहित स्वदेशीहरुको पनि बाक्लो उपस्थिति थियो ।
राजधानीको ठमेलबाट सुरु भएको र्याली असन, इन्द्रचोक, वसन्तपुर र नयाँ सडक हुँदै टुँडिखेल पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस्