
धादिङ, साउन २८ । धादिङको ज्वालामुखी गाउँपालिकाको अमराइमा एक बोलेरो जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।
सदरमुकाम धादिङबेसीबाट ज्वालामुखी गाउँपालिकाको मैदी जाँदै गरेको बा१३च ५२३९ नम्बरको बोलेरो मंगलबार दिउँसो दुर्घटनामा परेको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका पाँचजनालाई उपचारका लागि काठमाडौं पठाइएको छ ।
अरु घाइतेहरुको जिल्ला अस्पताल धादिङबेसीमा उपचार भइरहेको छ ।
स्थानीयले बोलेरो गाडी एक्कासि ‘ब्रेकफेल’ भइ दुर्घटनामा परेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्