
कपिलवस्तु, साउन २७ । कपिलवस्तुमा पनि मुस्लिम धर्मावलम्वीहरुले बकर इद पर्व मनाईरहेका छन् ।
कपिलवस्तुको सदरमुकाम तौलिहवा, चन्द्रौटा, कृष्णनगर, पकडी, चाकरचौडा लगायत विभिन्न स्थानहरुमा रहेका ईदगाहमा भेला भएर मुस्लिम समुदायले सामुहिक नमाज पढेर एक आपसमा शुभकामना आदान प्रदान गरेका हुन् ।
कपिलवस्तुमा पुरुषका साथै महिलाहरुले पनि सामुहिक रुपमै मस्जिदमै गएर नबाज पढेका छन् । ईदुल अजहाको नमाज पढेपछि उनीहरु आ–आफ्नो घर गई आफ्नो क्षमता अनुसारको कुरवानी अर्थात् बली दिने चलन छ ।
मुस्लिम धार्मिक ग्रन्थ अनुसार अल्लाहले सबैभन्दा प्यारो वस्तु कुरवानी मागेपछि नवि ईब्राहिम अलि सलामले आफ्नो प्यारो छोरा ईस्माईलको वली स्वरुप कुरवानी दिन खोज्दा अल्लाह खुशी भई ईस्माईलको ठाउँमा दुम्बा अर्थात् भेडाको कुरवानी गरेको धार्मिक जनविश्वास रहेको छ ।
प्रदेश ५ मुस्लिम समुदायको बाहुल्यता रहेको प्रदेश भएकाले यहाँ मनाइने बरइद पर्वको बिशेष रौनक हुने गरेको छ । यस्तै बाँके, दाङ, रुपन्देहीसहितका मुस्लिम समुदायले पनि आज बकरईद पर्व मनाईरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्