६ श्रावण २०८२, मंगलबार | Tue Jul 22 2025


सिन्धुपाल्चोकमा पाँच पोखरी मेला शुरु


0
Shares

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको प्रसिद्ध पाँचपोखरी मेला शुरु भएको छ ।

जनै पूर्णिमाको दिन विशेष मेला लाग्ने मन्दिरमा एकादशीदेखि नै मेला लाग्न शुरु भएको हो ।

समुन्द्री सतहबाट करीब ४ हजार २ सय मिटर उचाइमा रहेको पाँचपोखरी मेला भर्नको लागि सिन्धुपाल्चोकसहित काभ्रेपलाञ्चोक, काडमाडौ, भक्तपुर, ललितपुरलगायत प्रदेश नं ३ का अधिकाश जिल्लाका दर्शनार्थीहरु आउने गरेका छन् ।

सिन्धुपाल्चोकको सदरमुकाम चौतारा र मेलम्ची नगरपालिका दुवैतिरबाट जान सकिने पाँचपोखरी क्षेत्र लाङटाङ राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्र भित्र पर्दछ ।

चौताराबाट पैदल दुई दिन र मेलम्चीबाट भोताङसम्म गाडीको यात्रा गरी एक दिनको पैदल हिडाइमा पुग्न सकिन्छ ।

विगतमा जस्तै यस वर्ष पनि विभिन्न जातजातीको झाँकी प्रदर्शनसहित मेला भर्न जानेको घुँइचो लागेको छ ।

मेलाको अवसरमा पाँचपोखरी गाँउपालिकाले पाँचपोखरी ट्रेल रेससमेत आयोजना गरेकोले यसको महत्व थप बढेको स्थानीयहरु बताउँछन् ।

मेला भर्न आउनेहरुको सहजताका लागि पाँचपोखरी गाँउपालिकाले गोरेटो बाटो मर्मतसमेत गरिसकेको छ ।