६ श्रावण २०८२, मंगलबार | Tue Jul 22 2025


धुन्चे-स्याफ्रूबेसी सडकखण्ड मर्मत नहुँदा जोखिम मोलेर यात्रा


0
Shares

रसुुवा । पासाङल्हामु मार्गको धुन्चेदेखि स्याफ्रू बेसीसम्मको सडकखण्डमा मर्मत सम्भार नहुँदा सवारी चालकहरु जोखिम मोलेरै सवारी चलाउन बाध्य भएका छन् ।

सडक डिभिजन कार्यालयले समयमै सडक मर्मत नगर्दा ब्राबल भिरमा वर्षाको समयमा सडक पूर्ण रुपमा जिर्ण भएको छ ।

धुन्चेदेखि रसुवागढीसम्मको करिब २९ किलोमिटर सडक भिरपाखा र ढुङगा खस्ने जोखिम त्यसमाथि जताततै खाल्टाखुल्टी भएको हिलाम्य सडकमा धकेलेर सवारी साधन चलाउन बाध्य भएको चालकहरु बताउँछन् ।

धुन्चेदेखि स्याफ्रुबेशीसम्मको सडक सडक डिभिजन कार्यालय नुवाकोटले मर्मत गर्ने र रसुवागढीदेखि स्याफ्रुबेशीसम्मको सडक रसुवाढी जलविद्युत आयोजनाले मर्मत तथा अवरोध हटाएर सञ्चालन गर्ने बताए पनि समयमा काम नगरेको स्थानीयको भनाई छ ।

रसुवागढी नाका हुँदै आउने तथा सदरमुकाम धुन्चे हुँदै जाने ठुला मालबाहक सवारी साधन, निमार्णाधिन जलविद्युत आयोजनाहरुको निमार्ण सामाग्रीहरु सवारी साधनहरुले यही बाटोबाट जोखिम मोलेर ल्याउने गरेका छन् ।

सडक मर्मत गरी सहज रुपमा सवारी सञ्चालन गर्ने वातावरण बनाउन सवारी चालकहरुले सम्बन्धित निकायसँग माग गरेका छन् ।